काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आउँदो शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकका एजेन्डा तय हुन बाँकी रहेको उनले उल्लेख गरे। पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।
प्रकाशित: २ भदौ २०८३ ११:५८ | Tuesday, August 18, 2026
प्रतिक्रिया


