सरकार र नागरिक बचाउ महाअभियानबीच वार्ता सुरु

हिमाल प्रेस २ भदौ २०८३ २१:३० | Tuesday, August 18, 2026
10
SHARES
सरकार र नागरिक बचाउ महाअभियानबीच  वार्ता सुरु

काठमाडौँ- नेपाल ‘सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच शुक्रबाबाट औपचारिक वार्ता सुरु भएको छ।

महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो।

​नेपाल सरकारको तर्फबाट सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले,अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालाका सहसचिव डिलाराम पन्थी सदस्यसहितको वार्ता टोली गठन भएको थियो।

नेपाल सरकारको आह्वान बमोजिम महाअभियानका तर्फबाट पनि केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरी पठाएपछि औपचारिकरुपमा संवादको प्रक्रिया अगाडि बढेको हो।

प्रकाशित: २ भदौ २०८३ २१:३० | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast