टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड नाघ्यो

हिमाल प्रेस ७ भदौ २०८३ १६:१६ | Sunday, August 23, 2026
टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड नाघ्यो

काठमाडौँ- विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले एयर कन्डिसनर व्यवसायमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

बजार अनुसन्धान संस्था फ्रोस्ट एन्ड सुलिभानले जारी गरेको तथ्यांकअनुसार सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म टीसीएल एयर कन्डिसनरको विश्वव्यापी कुल बिक्री १० करोड युनिट नाघेको छ।

विश्व एयर कन्डिसनर बजारको अध्ययनपछि सन् २०२६ जुनमा जारी गरिएको सो प्रतिवेदनले टीसीएलको यस उपलब्धिलाई आधिकारिक रुपमा प्रमाणित गरेको हो। यस सफलताले अन्तर्राष्ट्रिय बजारमा टीसीएलको बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता र ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।

निर्माता कम्पनीका अनुसार निर्याततर्फ पनि टीसीएलले उल्लेख्य सफलता हात पारेको छ। ‘चाइना आईओएल’ को तथ्यांकअनुसार सन् २०२४ मा टीसीएलले चीनमा १ करोड ९१ लाख ७० हजार युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरी शीर्ष तीन उत्पादकमध्ये पर्न सफल भएको थियो।

सोही अवधिमा १ करोड ३८ लाख १० हजार युनिट एसी निर्यात गर्दै टीसीएल चीनबाट निर्यात गर्ने दोस्रो ठूलो कम्पनी बनेको छ। चीनका शीर्ष तीन निर्यातकर्ताहरुमध्ये टीसीएलले नै सबैभन्दा उच्च निर्यात वृद्धि दर गरेको पनि तथ्यांकले देखाएको छ।

विश्वव्यापी बजारमा प्राप्त यस उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको भरोसा अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। नेपालमा टीसीएलले घरायसी तथा व्यावसायिक प्रयोगका लागि विभिन्न क्षमता र स्मार्ट सुविधायुक्त एयर कन्डिसनरहरु बिक्री गर्दै आएको छ।

नेपालमा टीसीएलका उत्पादनहरु सीजी इलेक्ट्रोनिक्समार्फ आधिकारिक रुपमा बिक्री तथा वितरण हुँदै आएका छन्।

एयर कन्डिसनरका साथै टीसीएलका टिभी, वासिङ मेसिन, रेफ्रिजरेटर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भीआरएफ प्रणालीहरु आधुुनिक प्रविधि, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्तामाझ लोकप्रिय मानिन्छन्।

प्रकाशित: ७ भदौ २०८३ १६:१६ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast