काठमाडौँ- नेपालमा मनसुनका बेला लामो समयसम्म वर्षा हुने र हावामा आर्द्रता बढ्ने भएकाले कपडा धुने र सुकाउने काम झन्झटिलो हुने गर्छ।
घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, कपडामा ओसिलोपन तथा गन्ध रहने र पर्याप्त ठाउँको अभाव हुने समस्यालाई ध्यानमा राख्दै एलजीले एआई डीडी २.० वासर एन्ड ड्रायर नेपाली बजारमा ल्याएको छ।
एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा रहेको यो उपकरणले मौसमअनुसार कपडा सुकाउनुपर्ने समय र स्थानको समस्या कम गर्दै दैनिक ‘लन्ड्री रुटिन’लाई सहज बनाउने कम्पनीको दाबी छ।
एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
एलजीका अनुसार वासर एन्ड ड्रायरमा कपडाको प्रकृति र आवश्यकताअनुसार धुने तथा सुकाउने प्रक्रियालाई सहज बनाउन विभिन्न प्रविधि समावेश गरिएको छ।
एआई डीडी २.० प्रविधिले कपडाको तौल र कपडाको प्रकार पहिचान गरी त्यसअनुसार उपयुक्त ‘फेब्रिक केयर’ प्रदान गर्न सहयोग गर्छ। त्यस्तै, स्टीम एलर्जी केयर र स्टीम रिफ्रेस सुविधाले परीक्षण गरिएको अवस्थामा ९९.९ प्रतिशतसम्मका केही सामान्य एलर्जी कारक कम गर्न, गन्ध घटाउन र कपडालाई ताजा बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
एलजी थिनक्यूमार्फत स्मार्टफोनबाटै वासिङ मेसिनको निगरानी तथा नियन्त्रण गर्न सकिन्छ। त्यस्तै, इजिडिस्पेन्स सुविधाले लन्ड्रीको मात्राअनुसार आवश्यक डिटर्जेन्ट र सफ्टनर स्वतः प्रयोग गर्ने भएकाले डिटर्जेन्टको अनावश्यक प्रयोग घटाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।
६ मोसन डाइरेक्ट ड्राइभ र एआई वास प्रविधिले लन्ड्रीको तौल तथा कपडाको विशेषता पहिचान गरी धुने चक्रलाई आवश्यकताअनुसार समायोजन गर्छ। हातले कपडा धुँदा हुने विभिन्न गतिविधिबाट प्रेरित ड्रम मुभमेन्ट प्रयोग गरी कपडाको प्रभावकारी सफाइ तथा फेब्रिक केयरमा सहयोग गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै, टर्बोवास ३६० डिग्री प्रविधिले ३९ मिनेटमै शक्तिशाली धुलाई प्रदान गर्दै कम पानी र ऊर्जाको प्रयोगमा प्रभावकारी धुलाई गर्न सहयोग गर्ने दाबी गरिएको छ।
मनसुनमा बाहिर कपडा सुकाउन कठिन हुने अवस्थामा एउटै उपकरणबाट कपडा धुने र सुकाउने सुविधा उपयोगी हुने कम्पनीको भनाइ छ।
एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालभर एलजीको आधिकारिक खुद्रा नेटवर्कमा उपलब्ध रहेको छ। ग्राहकले सीजी डिजिटल, एलजी ब्रान्डसप तथा आधिकारिक एलजी डिलरहरूमार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकका लागि शून्य प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा पनि उपलब्ध रहेको जनाइएको छ।
सीजी इलेक्ट्रोनिक्स सीजी कर्प ग्लोबलअन्तर्गतको डिभिजन हो र नेपालमा एलजीका उत्पादनको आधिकारिक वितरकका रूपमा कार्यरत छ। एलजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमार्फत कम्पनीले नेपाली बजारमा विभिन्न उपभोक्ता विद्युतीय सामग्री तथा घरायसी उपकरण उपलब्ध गराउँदै आएको छ।
एलजी इलेक्ट्रोनिक्स विश्वव्यापी प्रविधि कम्पनी हो। कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्स, घरायसी उपकरण तथा एयर सोलुसन्सलगायत क्षेत्रमा उत्पादन तथा प्रविधिको विकास गर्दै आएको छ।


