काठमाडौँ- नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौँमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ।
नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र अत्याधुनिक प्रविधिबारे जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख एस.सी साबुको विशेष उपस्थिति रहेको सेमिनारमा आतिथ्य, स्वास्थ्य सेवा, लन्ड्री क्षेत्रका उद्यमी, व्यवसायी र प्रतिनिधि गरी करिब ४० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा एलजीका दुई प्रमुख कमर्सियल समाधान–एलजी जिएन्ट र एलजी टाइटनका प्राविधिक विशेषता र फाइदाबारे जानकारी गराइएको थियो।
यी मेसिनहरु विशेष गरी होटल, अस्पताल, लन्ड्रोम्याट, अपार्टमेन्ट तथा डोर्मिटोरी जस्ता धेरै कपडा धुनुपर्ने व्यावसायिक क्षेत्रका लागि तयार पारिएका हुन्।
कम्पनीका अनुसार यी मेसिनहरुले परम्परागत बेल्ट–पुली मोटरको तुलनामा २५.४ प्रतिशतदेखि ३२ प्रतिशतसम्म कम ऊर्जा खपत गर्दछ। त्यस्तै १० डिग्री टिल्टेड ड्रम उच्च धुलाई क्षमता कायम राख्दै पानीको खपत कम हुने कम्पनीको भनाइ छ।
यी मेसिनहरु गाइरो ब्यालेन्सिङ सिस्टम टबको गति पहिचान गरी उपयुक्त वाशिङ एल्गोरिदममार्फत स्थिर र प्रभावकारी सञ्चालन गर्न सक्षम रहेका कम्पनीले जनाएको छ।
त्यस्तै मात्र ३६ मिनेटमा धुलाई प्रक्रिया सम्पन्न गरी द्र्रुत सेवा प्रदान गर्न मेसिनहरु सक्षम रहेको जनाइएको छ।


