पाँच महिनादेखि रिक्त कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

हिमाल प्रेस २९ साउन २०८३ ५:३७ | Friday, August 14, 2026
16
SHARES
पाँच महिनादेखि रिक्त कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.सूर्यमान मेन्याङ्वोले जानकारी दिए।

कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी (शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक) को छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम इच्छुक योग्य उम्मेदवारबाट दरखास्त माग गरिएको उनले बताए।

उनका अनुसार बिहीबार एक सूचना जारी गरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् भदौ ३ गते बेलुका ५ः०० बजेसम्म दरखास्त पेस गर्न अनुरोध गरिएको छ। करिब पाँच महिनादेखि प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रारलगायतका पदाधिकारीहरूको पद रिक्त रहेको छ।

प्रकाशित: २९ साउन २०८३ ५:३७ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast