जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षयताकै कम

हिमाल प्रेस २ साउन २०८३ ११:४७ | Saturday, July 18, 2026
4
SHARES
जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षयताकै कम

सन् २०२६ को पहिलो ६ महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.० प्रतिशतले गिरावट आएको छ। सरकारी तथ्यांकअनुसार विगत पाँच वर्षमा पहिलो ६ महिनाको अवधिमा पर्यटक संख्या घटेको यो पहिलो पटक हो।

जापान राष्ट्रिय पर्यटन संगठन (जेएनटीओ) ले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा करिब २ करोड ११ लाख विदेशी नागरिकले जापान भ्रमण गरेका छन्। पर्यटकको कुल संख्यामा गिरावट आउनुमा मुख्य भूमि चीनबाट आउने आगन्तुकहरूको संख्यामा भएको उल्लेख्य कमीलाई प्रमुख कारण मानिएको छ। तथ्यांकअनुसार चीनबाट आउने पर्यटकको संख्या ५६।४ प्रतिशतले घटेर २० लाख ६० हजारमा खुम्चिएको छ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानका बारेमा दिएको विवादास्पद अभिव्यक्तिका कारण चिनियाँ पर्यटकको संख्यामा निरन्तर गिरावट आएको प्रतिवेदनमा उल्लेख छ। संगठनकाअनुसार जुन महिनामा मात्र ३१ लाख ५० हजार विदेशी पर्यटकले जापानको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.८ प्रतिशतले कम हो। यो लगातार तेस्रो महिनाको गिरावट हुनुका साथै सन् २०२२ जनवरी यताकै सबैभन्दा ठूलो गिरावट हो।

प्रकाशित: २ साउन २०८३ ११:४७ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast