हारपछि अर्जेन्टिनाका खेलाडीले कुटे स्पेनिस खेलाडी

हिमाल प्रेस ४ साउन २०८३ ५:११ | Monday, July 20, 2026
56
SHARES
हारपछि अर्जेन्टिनाका खेलाडीले कुटे स्पेनिस खेलाडी

फिफा विश्वकप २०२६ अन्तर्गत फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै कुटाकुट र हातपातमा उत्रिएका छन्।

अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली मनाउन मैदानभित्र दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट दौडिएका एक स्पेनिस खेलाडीको पेटमा मुक्का हानेको देखियो।

त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेसले थप हिंसात्मक व्यवहार प्रदर्शन गरे। उनले स्पेनका एरिक गार्सियाको घाँटी अठ्याएको तस्बिरमा स्पष्ट देखिन्थ्यो। पारेडेस यतिमा मात्र रोकिएनन्, उनले अर्का खेलाडी गाभीलाई भुइँमा पछारे, उनको अनुहारमा हातले थिचे र लात्तीले समेत प्रहार गरे।

आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका कप्तान लियोनेल मेसीका लागि अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा थियो। तर, मेसीको सम्मानमा खेल्नुको साटो बाँकी खेलाडीको यस्तो हर्कतले स्पेनको जायज जितलाई छायामा पारिदिएको छ र चौतर्फी आलोचना भइरहेको छ।

यस दृष्यमा ग्यारी नेभिलले ‘आईटीभी’ सँग कुरा गर्दै भने, ‘यो एकदमै लज्जास्पद छ। अर्जेन्टिनीहरूको जुझारुपन र मेसीको खेलको म सम्मान गर्छु, तर पछिल्ला केही खेलहरूमा उनीहरूको व्यवहार घृणित रहेको छ।’

त्यस्तै, बीबीसीसँग कुरा गर्दै एलन सियररले भने, ‘पारेडेसले विपक्षीको अनुहारमा कयौँ पटक मुक्का हाने। फुटबलमा यस्तो व्यवहारका लागि कुनै स्थान छैन। हारको पीडा कति हुन्छ भन्ने हामीलाई थाहा छ, तर हार्न पनि एउटा तरिका हुन्छ। अर्जेन्टिनाबाट हामीले पटक–पटक यस्तै नराम्रो व्यवहार देखिरहेका छौँ। खेल सकिएपछिको उनीहरूको यो प्रतिक्रिया भयानक छ।’

प्रकाशित: ४ साउन २०८३ ५:११ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast