१०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल : कांग्रेस

हिमाल प्रेस २० असार २०८३ १६:१३ | Saturday, July 4, 2026
8
SHARES
१०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल : कांग्रेस फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।

कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

आफैँले गरेको प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको कांग्रेसको ठहर छ। अब यो विषयलाई संसदमा सशक्त ढंगबाट उठाउने निर्णय संसदीय दलको बैठकले गरेको छ।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले सय दिन सरकार सञ्चालन गर्ने अवसर पाएर देशले ‘काँचुली फेर्ने’ दाबी गरे पनि अहिले उनकै दलका वरिष्ठ नेता शाह प्रधानमन्त्री रहेको सरकारले सार्वजनिक गरेको सयबुँदे शासकीय सुधार कार्यसूची प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न नसकेको कांग्रेसको आरोप छ।

कांग्रेस संसदीय दलको बैठकले यो विषयलाई संसद्मा प्रमुख एजेन्डा बनाउने निर्णय गरेको छ।

प्रकाशित: २० असार २०८३ १६:१३ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast