बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु

हिमाल प्रेस ६ असार २०८३ ८:०३ | Saturday, June 20, 2026
2
SHARE
बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु

काठमाडौँ- नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु।प्र।०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने ३० वर्षीया नेहा गुरुङको घाइते भई उपचारका लागि चिसापानी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते हुनेमा सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका ४ बस्ने ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ बस्ने ३५ वर्षीय दिनानाथ चौधरी रहेका छन् । घाइतेमध्ये ज्ञवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, रुपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।

क्जष्खबm ऋझभलत
बसमा सवार १५ जनामध्ये ११ जना सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका(३ बस्ने २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: ६ असार २०८३ ८:०३ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast