पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

हिमाल प्रेस ३ जेठ २०८३ १०:२४ | Sunday, May 17, 2026
8
SHARES
पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

पर्सा- जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताए। ‘सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ। त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,’ उनले भने, ‘कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ। विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।’

सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए।

प्रकाशित: ३ जेठ २०८३ १०:२४ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast