फाइल तस्बिर
काठमाडौँ- एसईईको पूरक परीक्षा असार १ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा नन ग्रेडेड विद्यार्थी सहभागी हुन पाउनेछन्। सोमबार सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थीको ननग्रेड आएको छ।
बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन्। सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ।
२०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। जसमा दुई लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।
नन ग्रेडेड : एक लाख ४६ हजार ५०७
जीपीए १.६० देखि २ सम्म : सात विद्यार्थी
जीपीए २ देखि २.४० सम्म : पाँच हजार १९० विद्यार्थी
जीपीए २.४० देखि २.८० सम्म : ५५ हजार ९७७ विद्यार्थी
जीपीए २.८० देखि ३.२० सम्म : ९४ हजार २२ विद्यार्थी
जीपीए ३.२० देखि ३.६० सम्म : ८० हजार ३७२ विद्यार्थी
जीपीए ३.६०देखि ४ सम्म : ४८ हजार ३९२ विद्यार्थी



