काठमाडौँ- सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार बम्जनलाई सफाइ दिएको हो। अदालतले गत वैशाख ८ गते बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० पुस १४ मा बम्जनलाई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो। त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो।
प्रकाशित: २१ वैशाख २०८३ ७:१६ | Monday, May 4, 2026
प्रतिक्रिया



