काठमाडौँ- बढ्दो तापक्रम र प्रिमनसुनको उकुसमुकुसका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड ब्ल्याक+डेकर (BLACK+DECKER) ले ताजा तथा स्वस्थकर पेय पदार्थ सहज रूपमा तयार गर्न सकिने अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डर नेपाली बजारमा उपलब्ध गराएको छ।
गर्मीका बेला शरीरलाई डिहाइड्रेसनबाट जोगाउन र ऊर्जावान् राख्न पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन आवश्यक हुने भएकाले घरमै ताजा जुस र स्मुदी तयार गर्न सकिने उपकरणहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार JE800-B5 मोडेलको जुस एक्स्ट्र्याक्टरमा ८०० वाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। ७५ एमएमको ठूलो फिडिङ ट्युब भएकाले फलफूललाई स-साना टुक्रा नगरी सिधै राखेर जुस निकाल्न सकिने सुविधा रहेको छ। यसले समयको बचत गर्नुका साथै जुस बनाउने प्रक्रिया सहज बनाउने कम्पनीको दाबी छ।
त्यस्तै, SBX300-B5 मोडेलको ३०० वाट क्षमताको पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेषगरी व्यस्त जीवनशैली भएका तथा फिटनेसमा रुचि राख्ने उपभोक्तालाई लक्षित गरी ल्याइएको हो। यसमा रहेको ५०० एमएल क्षमताको ट्राइटन स्पोर्ट्स बोतलमै स्मुदी तयार गरी सिधै कार्यालय वा जिम लैजान सकिने सुविधा रहेको बताइएको छ।
परिवारका लागि उपयुक्त मानिएको BX650G-B5 ब्लेन्डरमा ७०० वाटको हाई स्पिड मोटर र १.७ लिटर क्षमताको सुरक्षित ग्लास जार रहेको छ। यसले एकैपटकमा परिवारका सदस्यका लागि पर्याप्त मात्रामा चिसो पेय पदार्थ तयार गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपाली इलेक्ट्रोनिक्स बजारमा चार दशकभन्दा बढी समयदेखि सक्रिय सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २८ वटा सिजी डिजिटल तथा एलजी ब्रान्ड शोरुम, आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन माध्यमबाट यी उत्पादन उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार ब्ल्याक+डेकरका यी उपकरणमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध छ। साथै देशव्यापी सेवा सञ्जालमार्फत बिक्रीपछिको सेवा पनि प्रदान गरिने बताइएको छ।
सिजी इलेक्ट्रोनिक्सले बढ्दो गर्मीका बेला पर्याप्त पानी र ताजा जुस सेवन गर्न तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउन सबै उपभोक्तालाई आग्रह गरेको छ।




