गर्मीको राहतका लागि ब्ल्याक डेकरका ८ नयाँ एयर कूलर बजारमा

हिमाल प्रेस २३ वैशाख २०८३ १२:५८ | Wednesday, May 6, 2026
गर्मीको राहतका लागि ब्ल्याक डेकरका ८ नयाँ एयर कूलर बजारमा

काठमाडौँ- हालैको वर्षाले केही समय मौसम शीतल बनाए पनि वर्षा रोकिएसँगै पुनः बढ्ने उकुसमुकुस गर्मी र उच्च आर्द्रताले जनजीवन प्रभावित हुने संकेत देखिएको छ। वर्षापछिको चर्को घाम र ‘लु’ को सम्भावनाबीच घर तथा कार्यस्थलमा उपयुक्त शीतल वातावरण कायम राख्नु आवश्यक भएको विज्ञहरूको भनाइ छ।

यही अवस्थालाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक+डेकर (BLACK+DECKER) ले नेपाली बजारमा आफ्ना ८ वटा अत्याधुनिक एयर कूलर मोडेलहरू प्रस्तुत गरेको छ। कम्पनीले उपभोक्तालाई गर्मीबाट सुरक्षित रहँदै घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल र आरामदायी बनाउन आग्रह गरेको छ।

ब्ल्याक+डेकरका एयर कूलरहरू दक्षता, टिकाउपन र आधुनिक डिजाइनलाई प्राथमिकतामा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। यी कूलरहरूमा UV-Grade Polymer Body प्रयोग गरिएको छ, जसले चर्को घाममा पनि बडीलाई मजबुत राख्ने र रङ्ग नउड्ने सुनिश्चित गर्छ। साथै, प्रिमियम ह्वाइट डिजाइनले घरको इन्टेरियरलाई आकर्षक बनाउने बताइएको छ।

यसका अतिरिक्त, कूलरहरूमा Low Noise Operation प्रविधि प्रयोग गरिएको छ,जसले अत्यन्त कम आवाजमा सञ्चालन हुने सुविधा दिन्छ। Antibacterial Honeycomb Pads ले हावालाई फिल्टर गरी शुद्ध र स्वस्थ बनाउने र Inverter Compatible Motors ले कम विद्युत खपत गर्दै इन्भर्टरमा पनि सहज रूपमा सञ्चालन हुने कम्पनीको दाबी छ।

कम्पनीले व्यक्तिगत प्रयोगदेखि ठूला हलसम्मका आवश्यकतालाई ध्यानमा राख्दै KIBO (30L/45L), NEBO (55L), KAMET PLUS (65L/85L/105L) तथा LHOTSE PLUS (65L/85L) सहित ८ वटा मोडेलहरू उपलब्ध गराएको जनाएको छ।

सिजी इलेक्ट्रोनिक्सका अनुसार यी कूलरहरू देशभर रहेका २८ भन्दा बढी CG Digital र LG Shoppee शोरुम, आधिकारिक डिलर नेटवर्क तथा अनलाइन cgdigital.com.np मार्फत सहज रूपमा उपलब्ध छन्। सबै मोडेलहरू १२ महिनाको वारेन्टीसहित बिक्रीमा रहेको पनि कम्पनीले जनाएको छ।

बढ्दो गर्मी र तातो हावाको सम्भावनाबीच कम्पनीले उपभोक्तालाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै घरभित्र शीतल र सुरक्षित वातावरण कायम राख्न आग्रह गरेको छ।

प्रकाशित: २३ वैशाख २०८३ १२:५८ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast