टिपरको ठक्करबाट महिलाको मृत्यु

हिमाल प्रेस २८ चैत २०८२ २०:४३ | Saturday, April 11, 2026
22
SHARES
टिपरको ठक्करबाट महिलाको मृत्यु

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।

पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका टिपर चालक बाँके राप्ति सोनारी–९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ चैत २०८२ २०:४३ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast