सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको शिष्टाचार भेट

हिमाल प्रेस ३० चैत २०८२ २०:१० | Monday, April 13, 2026
14
SHARES
सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गरेकी छन्।

आज (सोमबार) सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेसन’ तथा ‘ई–पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिए। उनले यससम्बन्धी समझदारीपत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गरेको सभामुखको सचिवालयले जनाएको छ।

यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले सांसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताएकी थिइन्। उनले डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदानप्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको बताएकी थिइन्।

सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए।

प्रकाशित: ३० चैत २०८२ २०:१० | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast