काठमाडौँ- चैतको आज तेस्रो शनिबार। विगत केही समयदेखि हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूलाई समेट्दै आइरहेका छाैँ। जुन आम मानिसका लागि बिदाको दिनको सदुपयोग गर्ने र केही सिक्ने मौका मिल्न सक्छ। यो साता उपत्यकाका नेपालीसहित विदेशी फिल्म र थिएटरमा एक नाटक चलिरहेको छ।
मण्डलामा ‘अतिरञ्जन को मनोरञ्जन’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘अतिरञ्जन को मनोरञ्जन’ चलिरहेको छ। नाटक सागर खाती कामीले निर्देशन गरेका हुन्। संयोग गुरागाईंको लेखन रहेको नाटकले मनोरञ्जनको सीमा बाहिर समाजमा देखिने अतिरञ्जन र त्यसको प्रभावमा आधारित छ।
नाटकमा सोमनाथ खनाल, सन्दिप श्रेष्ठ, रोशन अधिकारी, स्वप्निल घिमिरे, चक्र विष्ट, यशोदा गुरुङ, रिजन लामा, सनम श्रेष्ठलगायत कलाकारको अभिनय छ। नाटक आगामी वैशाख १३ गतेसम्म मञ्चन हुनेछ।
हलमा विदेशी फिल्म
द सुपर मारियो ग्यालेक्सी मुभी
हलिउड फिल्म ‘द सुपर मारियो ग्यालक्सी मुभी’ चैत २० देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक आरोन होर्भाथ र माइकल जेलेनिक हुन्। फिल्ममा क्रिस प्रयाट, अन्या टेलर जोय, चार्ली डे ज्याकलगायत कलाकारको अभिनय छ।
क्यूएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाका राइजिङ मल, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १० सो छ।
आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
दे विल किल यु
अंग्रजी फिल्म ‘दे विल किल यु’ चैत १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन हरर र कमेडी जनरामा बनेको छ। किरिल सोकोलोभले निर्देशन गरेको फिल्ममा जाजी बिट्ज, माइहाला, प्याटरसन जोसेफ, टम फेल्टनलगायत कलाकारले अभिनय गरेका छन्।
क्यूएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स र बिएसआर मुभिजमा फिल्म चलिरहेको छ।
धुरन्धर : द रेभेन्ज
बलिउड फिल्म ‘धुरन्धर: द रेभेन्ज’ चैत ५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आदित्य धर हुन्। फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। उनीसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा अघिल्लो भागलाई निरन्तरता दिँदै एक हिन्दुस्तानीको पाकिस्तानी ग्याङस्टासँगको बदलाको कथा देखाइएको छ। भारतीय जासुसको रुपमा पाकिस्तान पुगेका एक पात्रको संघर्ष, उसले भोग्ने चुनौतीलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ।
साता पनि नेपालका सबै हलमा ‘धुरन्धर : द रेभेन्ज’ कै दबदबा छ। क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर,दरबार सिनेम्याक्समा फिल्मको ४० सो छ।
आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मलमा फिल्मको १७ र वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा फिल्मको १५ सोसहित चलिरहेको छ। त्यस्तै, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
प्रोजेक्ट हेल मेरी
गत चैत ६ देखि नेपालमा हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ प्रदर्शन भइरहेको छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्मले हलमा न्यून सोसहित चलिरहेको छ। फिल्मका निर्देशक फिल लर्ड क्रिस्टोफर मिलर हुन्। फिल्ममा रायन गोस्लिङ्ग, मिलाना वेनट्रब, सान्ड्रा हलरलगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र छाया सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
हामी तीन भाइ
चैत १३ देखि हलमा फिल्म ‘हामी तिन भाइ’ प्रदर्शन भइरहेको छ। सामाजिक कथामा आधारित फिल्ममा तीन दाजुभाइको मित्रता र सम्बन्धमा आउने मनमुटावलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक मधुसुदन भट्टराई हुन्।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई लगायत कलाकारले अभिनय गरेका छन्। शनिबार उपत्यकाको कीर्तिपुर सिनेप्लेक्समा फिल्मको एक सो छ।




