काठमाडौँ- फिल्म ‘पाँच पाण्डव’ मा कलाकार सुशील सिटौला अनुबन्धित भएका छन्। उनी पाँच पाण्डवमध्ये एकको भूमिकामा जोडिएको निर्माण टिमले जनाएको छ।
छायांकनरत फिल्ममा उनी अन्तिम समयमा प्रवेश गरेका हुन्। उनी कलाकार सागर लम्साल ‘बले’ को भूमिकामा आएका हुन्।
अमेरिका बस्ने एक युवतीले ‘बले’ लाई बलात्कारको आरोप लगाएपछि ‘पाँच पाण्डव’ टिमले फिल्मबाट उनलाई निष्कासन गरेकाे थियो। अभद्र व्यावहारको कसुरमा प्रहरीले ‘बले’लाई पक्रेको थियो। केही दिनको हिरासतबसाईपछि उनी अहिले हाजिरी जमानीमा रिहा भइरसकेका छन्।
वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्ममा हरिवंश आचार्य, जीतु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतले अभिनय गरेका छन्।
फिल्ममा महाभारतका पाँच पाण्डवका चरित्रलाई बिम्बको रुपमा प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने टिमले जनाएको छ।




