काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले भारतीय महिला आई लिग खेल्ने भएका छन्।
यी दुईलाई आईडब्लूएल क्लब किकस्टार्ट एफसीले अनुबन्ध गरेका हुन्। यी दुईबाहेक गोलकिपर अञ्जिला तुम्बापो सुब्बा यसअघि नै सेथु एएफसीमा अनुबन्ध भइसकेका छन्। अञ्जिला भारतमै रहँदा रेनुका र सरु भने बुधबार मात्र त्यसतर्फ प्रस्थान गरेका हुन्।
लिगका आठौं चरणका खेल बिहीबारदेखि सुरु हुनेछ। सेथुको १६ अंक छ । यस्तै, किकस्टार्ट ६ अंकसहित सातौं स्थानमा छ। रेनुकाले यसअघि नै किकस्टार्टबाट खेलिसकेका छन्।
२०२२/२०२३ को सिजनमा उनले १० खेलमा एक गोल गरेकी थिइन्। सरुले पनि सोही सिजनमा १० खेलमा ७ गोल गरेकी थिइन्। यी तीन खेलाडी नै एपीएफ क्लबसँग आबद्ध थिए।
प्रकाशित: १७ वैशाख २०८३ ९:३१ | Thursday, April 30, 2026
प्रतिक्रिया




