प्री-मनसुन : औसतभन्दा बढी वर्षा

हिमाल प्रेस १८ चैत २०८२ १७:५३ | Wednesday, April 1, 2026
12
SHARES
प्री-मनसुन : औसतभन्दा बढी वर्षा फाइल तस्बिर।

काठमाडौँ- प्री-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मंगलबारसम्मको अवधिमा हुनुपर्ने औसतभन्दा बढी वर्षा मापन भइसकेको छ।

‘हालसम्म करिब २९ दशमलव पाँच प्रतिशत वर्षा भइसकेको छ। यस अवधिमा सामान्यतया २० प्रतिशत मात्र वर्षा हुने गर्दछ,’ उनले भनिन्, ‘फागुन १५ गतेदेखि जेठ १५ गतेसम्मको अवधिलाई प्रि-मनसुन मानिन्छ। यस समयमा करिब २२६ मिलीमिटर वर्षा हुनुपर्नेमा मंलबारसम्म ७७ दशमलव पाँच मिलीमिटर वर्षा भइसकेको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार हालको मौसम प्रणालीमा सामान्य बदली देखिएको छ। विभागले दिएको विवरणअनुसार मंगलबारको तुलनामा आज (बुधबार) तापक्रममा वृद्धि भएको छ।

राजधानी काठमाडौँसहित उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम २५ डिग्रीसेल्सियस पुगेको जनाउँदै महर्जनले सोही अवधिमा मंगलबार २२ डिग्रीसेल्सियस तपक्रम रहेको बताए।

मौसमविद् महर्जनका अनुसार बिहीबार (भोलि) सम्म मौसम सामान्यतया सफा रहनेछ भने शुक्रबारदेखि फेरि वर्षा हुने सम्भावना छ। यसैबीच विभागले मौसम परिवर्तनशील रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १८ चैत २०८२ १७:५३ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast