कलाकार ‘बले’ को विषयमा भ्रामक सूचना सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

हिमाल प्रेस २३ चैत २०८२ १२:५७ | Monday, April 6, 2026
34
SHARES
कलाकार ‘बले’ को विषयमा भ्रामक सूचना सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

काठमाडौँ- कलाकार सागर लम्साल ‘बले’ का विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले साेमबार प्रेस विज्ञप्तिमार्फत् ‘बले’ काे विषयमा भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको हो।

बलेमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

‘यस सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ,’ काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, ‘लम्सालमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरु सम्प्रेषण नगर्न र नगराउन सबैमा हार्दिक अनुरोध छ।’

बलात्कारको आरोप लागेपछि पक्राउ परेका ‘बले’ अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमतिपछि उनलाई पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कलाकार ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

प्रकाशित: २३ चैत २०८२ १२:५७ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast