दीपक खड्काको प्रत्यक्षीकरण रिटमा कागजात झिकाउने आदेश, शुक्रबार सुनुवाइ

हिमाल प्रेस २६ चैत २०८२ ६:५२ | Thursday, April 9, 2026
2
SHARE
दीपक खड्काको प्रत्यक्षीकरण रिटमा कागजात झिकाउने आदेश, शुक्रबार सुनुवाइ फाइल तस्बिर

काठमाडौँ- पूर्वऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश दिएको छ।

न्यायाधीश महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले रिटको सुनुवाइ शुक्रबारका लागि तोकेको हो।

अदालतले काठमाडौं जिल्ला अदालत र सम्बन्धित निकायबाट लिखित जवाफ माग्दै आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ। हिरासत म्याद थपसम्बन्धी कागजात र अनुसन्धान विवरणसमेत झिकाउन आदेश दिइएको छ।

सम्पत्ती शुद्धीकरण मुद्दामा खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोले चैत १५ गते पक्राउ गरेको थियो।

 

प्रकाशित: २६ चैत २०८२ ६:५२ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast