वृद्ध भत्ता ७५ वर्ष बनाइएको छैन : अर्थ मन्त्रालय

हिमाल प्रेस २१ चैत २०८२ ८:१५ | Saturday, April 4, 2026
8
SHARES
वृद्ध भत्ता ७५ वर्ष बनाइएको छैन : अर्थ मन्त्रालय

काठमाडौँ- सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ। शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।

यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले कुनै छलफल नगरेको सूचनामा भनिएको छ। पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्‍याइएको भन्ने खालका सामग्री प्रचार गरिएको थियो।

प्रकाशित: २१ चैत २०८२ ८:१५ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast