अब ६९९ रुपैयाँमा एनसेलको अनलिमिटेड कल र इन्टरनेट प्याक

हिमाल प्रेस २७ चैत २०८२ १३:२२ | Friday, April 10, 2026
4
SHARES
अब ६९९ रुपैयाँमा एनसेलको अनलिमिटेड कल र इन्टरनेट प्याक

काठमाडौँ- एनसेलले कल र इन्टरनेट सेवा शुल्क घटाउँदै आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ।

नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधा रहेको छन्।

कम्पनीले यसअघि प्रदान गर्दै आएको रु १९९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाको मूल्य ६५ प्रतिशतले घटेको छ। करसहित रु ६९९ शुल्क पर्ने यो कम्बो प्याकको समयावधी २८ दिन रहेको छ।

कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा नि:शुल्क पहुँच यो प्याकका मुख्य विषेशता हुन्।

ग्राहकले सजिलै एस्ट्रिक्स १२३ ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ।

‘कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै नयाँ वर्ष २०८३ को अवसर पारेर हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौं। यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैं अन रहन सहयोग पुर्‍याउने विश्वास लिएका छौं,’ एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

नेपाली उपभोक्तालाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधा अनलाइनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए।

अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिङ्ग वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्व धेरै रहन्छ। यो प्याकले मनोरञ्जनाका लागि ग्राहकलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्दछ।

यसमा हलिउडका हिट फिल्म, टिभी शाे, लायन्स गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्रलगायतका सामाग्री रहेका छन्।

लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर साथै एमेजोन फायर टिभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ।

प्रकाशित: २७ चैत २०८२ १३:२२ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast