काठमाडौँ- काठमाडौँ महानगरपालिका-३ स्थित रानीदेवी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
प्रधानाध्यापक नारायणप्रसाद गौतमले अभिभावकहरूको उत्साहपूर्ण उपस्थितिमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए।
नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रशन्ननरसिंह राणा चयन भएका छन्। समितिमा वडा अध्यक्ष प्रेम थापा, शारदा शाक्य, रीता लम्साल, भक्तबहादुर खड्का, हीमकुमारी श्रेष्ठ, जेविन घलान तथा शिक्षक प्रतिनिधि विमला कार्की सदस्य रहेका छन्। सदस्य सचिवको रूपमा प्रधानाध्यापक गौतम रहनेछन्।
त्यसैगरी शिक्षक-अभिभावक संघ अध्यक्षमा इन्दिरा थापा चयन भएकी छन्। सदस्यहरूमा टेकबहादुर पाइजा मगर, सानुमाया गुरुङ, भूमिका तामाङ, राजु बस्नेत, सानुमैयाँ केसी र शोभा कट्टेल रहेका छन्। सदस्य सचिवको जिम्मेवारी विश्वेवर आचार्यले पाएका छन्।
विद्यालय प्रशासनले सम्पूर्ण अभिभावकहरूको सक्रिय सहभागिता र सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
नयाँ व्यवस्थापनबाट विद्यालयलाई थप ऊर्जा प्रदान गरेको पनि प्रधानाध्यापक गौतमले बताए।
यो पनि




