एनसेलले घटायो अनलिमिटेड डेटा प्याकको मूल्य

हिमाल प्रेस २५ चैत २०८२ १८:३४ | Wednesday, April 8, 2026
2
SHARE
एनसेलले घटायो अनलिमिटेड डेटा प्याकको मूल्य

काठमाडौँ- एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि अनलिमिटेड कल र इन्टरनेटसहितको नयाँ कम्बो प्याक सार्वजनिक गर्दै सेवाको शुल्क घटाएको छ।

नयाँ वर्ष २०८३ को अवसरमा ल्याइएको यस प्याकअन्तर्गत ग्राहकहरूले अब करसहित ६९९ रुपैयाँमा २८ दिनका लागि अनलिमिटेड डेटा, अनलिमिटेड कल र दैनिक १०० एसएमएस सुविधान प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यसअघि उपलब्ध १ हजार ९९९ रुपैयाँको समान सेवायुक्त प्याकको तुलनामा नयाँ प्याकको मूल्य करिब ६५ प्रतिशतले घटाइएको हो।

ग्राहकहरूले ८१२३३ डायल गरेर, एनसेल एपमार्फत वा नजिकको एनसेल सेन्टर÷पसलबाट यो प्याक लिन सकिने कम्पनीले जनाएको छ।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्गा दत्ताले कनेक्टिभिटीको बढ्दो आवश्यकता र डिजिटल सेवाप्रतिको मागलाई ध्यानमा राख्दै यो योजना ल्याइएको बताए।

अनलाइन कारोबार, किनमेल, वर्कफ्रम होम, गेमिङ तथा मनोरञ्जनका लागि डेटा सेवाको महत्व बढिरहेको सन्दर्भमा यो प्याक उपयोगी हुने कम्पनीको दाबी छ।

साथै लायन्सगेटमार्फत हलिउड फिल्म, टिभी शो, ओरिजनल कन्टेन्ट तथा वृत्तचित्रहरूमा पहुँच प्राप्त गरेर ग्राहकले थप मनरोञ्जन लिन सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: २५ चैत २०८२ १८:३४ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast