नेपाल–चीन उत्तरी कोरला नाका जोड्ने कागबेनी–छुसाङ कालोपत्र सडक संरचना निर्माण कार्य हुँदै। बेनी–जोमसोम–कोरला सडक आयोजनाले प्रतिकूल मौसमका कारण रोकिएको कागबेनी–छुसाङ ९ दशमलव ८ किलोमिटर सडक खण्डमा कालोपत्र विस्तार गर्ने गरी सडक स्तरोन्नतिलाई तीव्रता दिएको हो। कागबेनी–छुसाङ सडकलाई कालोपत्र गर्ने गरी २८ करोड ८७ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। तस्बिरः सुन्दरकुमार थकाली/रासस
प्रकाशित: ६ वैशाख २०८३ १७:१६ | Sunday, April 19, 2026
प्रतिक्रिया



