उपसभामुखबारे बार्गेनिङ नगर्न हर्क साम्पाङको आग्रह

हिमाल प्रेस २६ चैत २०८२ १२:०५ | Thursday, April 9, 2026
20
SHARES
उपसभामुखबारे बार्गेनिङ नगर्न हर्क साम्पाङको आग्रह

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘उपसभामुखको चुनाव हुनेछ। छलफल गर्नुस्, बार्गेनिङ होइन।’

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ। प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ। भोलि शुक्रबार निर्वाचन हुनेछ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन्।

प्रकाशित: २६ चैत २०८२ १२:०५ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast