तनहुँका दुई सय ६६ दीर्घरोगीलाई आर्थिक सहयोग

हिमाल प्रेस २५ चैत २०८२ ११:३९ | Wednesday, April 8, 2026
8
SHARES
तनहुँका दुई सय ६६ दीर्घरोगीलाई आर्थिक सहयोग

तनहुँ- व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घरोगीलाई रु ३९ लाख २८ हजार आर्थिक सहयोग गरेको छ। उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा क्यान्सर, मुटुरोग, मिर्गौलाका बिरामीलाई सहायता रकम प्रदान गरिएको हो।

यसैबीच, ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न वर्गका बिरामी र मानसिक रोगीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। यसबाट व्यासका चार हजार ७१५ जना लाभान्वित भएका छन्।

चालु आवको प्रथम आठ महिनामा छ देखि ५९ महिनासम्मका पाँच हजार १६३ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ।

दशदेखि १४ वर्षका सात सय ८९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप लगाइएको छ।

प्रकाशित: २५ चैत २०८२ ११:३९ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast