‘कमेडी दरबार ३’ की रानी बनिन् दीया मास्के, कमेडियनमा थपिए सन्तोष, दिनेश र सुजन

हिमाल प्रेस २५ चैत २०८२ १७:२७ | Wednesday, April 8, 2026
8
SHARES
‘कमेडी दरबार ३’ की रानी बनिन् दीया मास्के, कमेडियनमा थपिए सन्तोष, दिनेश र सुजन

काठमाडौँ- हास्य रियालिटी सो ‘कमेडी दरबार’ मा रानी बनेर अभिनेत्री दीया मास्के भित्रिएकी छन्। महाराजा र महारानीसँगै एक रानी पनि थपिएको सो का निर्देशक तथा होस्ट विक्की अग्रवालले जानकारी दिए।

उनका अनुसार यसअघिका सिजनका ‘महाराजा’ का रूपमा मनोज गजुरेल र ‘महारानी’ का रूपमा गौरी मल्ल यथावत रहने छन्।

काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा केही कमेडियन पनि थपिएको जानकारी दिइएको छ। नयाँ कमेडियनमा सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा थपिएका छन्। अन्यमा अघिल्ला सिजनका चर्चित कलाकार निरन्तर रहने छन्।

जसमा कलाकार सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बिटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा, खड्ग बहादुर पुन (खबपु) र विकास अर्याल छन्।

तेस्रो सिजन आगामी वैशाख ४ गते शुक्रबारदेखि प्रसारणमा आउने यसअघि नै बताइएको थियो। पहिलो र दोस्रो सिजनको सफलतापछि टिमले नयाँ ढंगले तेस्रो सिजन ल्याउन लागेकाे छ।

तेस्रो सिजनलाई अघिल्लाेभन्दा अझ आकर्षक बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म परिमार्जित गरिएको निर्देशक विक्कीले बताए। यसले दर्शकलाई थप मनोरञ्जन दिने टिमको अपेक्षा छ।

कार्यक्रम सजिना खनाल र विक्की अग्रवालले नै सञ्चालन गर्नेछन्। कार्यक्रमका निर्देशक विक्की र श्रद्धा प्रसाईं  हुन्।

‘कमेडी दरबार’ को तेस्रो सिजन वैशाख ४ देखि प्रसारण, प्रोमो सार्वजनिक

प्रकाशित: २५ चैत २०८२ १७:२७ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast