‘गन्तव्य मध्यपुर’ अभियान सुरु

हिमाल प्रेस २८ चैत २०८२ २०:२८ | Saturday, April 11, 2026
18
SHARES
‘गन्तव्य मध्यपुर’ अभियान सुरु

भक्तपुर– आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ।

बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उद्घाटन गरे। प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ कार्यक्रम शुभारम्भ गरिएको हो।

कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको जानकारी दिए।

कार्यक्रममा मध्यपुर थिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुर थिमि नगरलाई पर्यटकीय हबको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए।

नगरपालिकाले आजदेखि शंखधर चोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा बिक्री केन्द्रको उदघाटन् गरी सञ्चालनमा ल्याएको छ। यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सात वटा स्टल सञ्चालनमा ल्याएको हो।

त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको सहभागिता रहेको थियो।

प्रकाशित: २८ चैत २०८२ २०:२८ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast