आज सुनचाँदी प्रतितोला कति?

हिमाल प्रेस २५ चैत २०८२ ११:२९ | Wednesday, April 8, 2026
2
SHARE
आज सुनचाँदी प्रतितोला कति?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन भने प्रतितोला सात हजार दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार प्रतितोला चार हजार आठ सय २० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २५ चैत २०८२ ११:२९ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast