काठमाडौँ- नेपाल प्रहरीको टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
सुनसरीको कोशी नगरपालिका-८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका-५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका-६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका-१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको हो।
त्यसैगरी, धनुषाधाम नगरपालिका-९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका-५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका-१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका-१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, काठमाडौँका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ।
केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ। उनीहरू बुधबार पक्राउ परेका हुन्।




