के आज काठमाडौँमा पनि पानी पर्छ?

हिमाल प्रेस २८ फागुन २०८२ ९:०१ | Thursday, March 12, 2026
के आज काठमाडौँमा पनि पानी पर्छ?

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। मौसम महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल देखिनेछ।

यस क्रममा दिउँसो कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस प्रदेशको थोरै स्थानहरुमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाहिमपात हुने सम्भावना छ।

विभागका अनुसार आज अपराह्नपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। बिहीबार देशको पूर्वी क्षेत्रमा वर्षा भएको थियो। मनसुनी वायु पश्चिमतिर अघि बढेकाले काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना छ।

प्रकाशित: २८ फागुन २०८२ ९:०१ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast