काठमाडौँ- मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
झापा ५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको आरोपमा बिहीबार प्रहरीले झापाका ४५ वर्षीय रवि चुडाललाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अनुसन्धान कार्यालय एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीका अनुसार उनीमाथि यसअघि नै महिला पत्रकारलाई गालीगलौज गरेको आरोपमा पक्राउ पूर्जी जारी भइसकेको थियो।
प्रकाशित: २९ फागुन २०८२ ७:१८ | Friday, March 13, 2026
प्रतिक्रिया





