१ करोड २ लाख ५८ हजार समानुपातिक मत गणना गर्दा रास्वपाको ५० लाख नजिक, अरूको कति?

हिमाल प्रेस २६ फागुन २०८२ ६:४४ | Tuesday, March 10, 2026
62
SHARES
१ करोड २ लाख ५८ हजार समानुपातिक मत गणना गर्दा रास्वपाको ५० लाख नजिक, अरूको कति?

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फको १ करोड २ लाख ५८ हजार २३१ मत गणना भएको छ। अहिलेसम्म ६ दलले मात्रै थ्रेस होल्ड कटाएका छन्। थ्रेस होल्ड कटाउन सदर मतको तीन प्रतिशत पूरा गर्नुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४९ लाख ३१ हजार ९३० मत प्राप्त गरेको छ। मत विभाजक सूत्रअनुसार उसले अहिलेसम्म ५८ सिट प्राप्त गर्ने देखिन्छ। नेपाली कांग्रेसले १६ लाख ६८ हजार ८४५ मत प्राप्त गरेको छ। उसले हालसम्म १९ सिट प्राप्त गर्ने देखिन्छ। एमालेले १३ लाख ८६ हजार ३२७ मत प्राप्त गरेको छ।

उसले प्राप्त गरेको समानुपातिक मतअनुसार १६ सिट पाउने देखिन्छ। नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४९ हजार ३५१ मत प्राप्त गरेको छ। यसरी हेर्दा उसले अहिलेसम्म ९ सिट पाउने देखिएको छ। पाचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७९६ त प्राप्त गरेको छ। उसले पाएको मतको आधारमा ४ सिट पाउने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार मत प्राप्त गरेको छ। उसले पनि ४ सिट नै पाउने देखिएको छ।

प्रकाशित: २६ फागुन २०८२ ६:४४ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast