हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक

हिमाल प्रेस २४ फागुन २०८२ ११:०२ | Sunday, March 8, 2026
22
SHARES
हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक मतगणनाको प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ। आज विहान १०:५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ। नेकपा एमालेले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएको छ भने ३ स्थानमा अग्रता लिएका छन्।

यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक एक स्थानमा विजयी भएका छन्।

प्रकाशित: २४ फागुन २०८२ ११:०२ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast