तारजाली र सुरक्षाबीच मतगणना जारी (तस्बिरहरू)

हिमाल प्रेस २२ फागुन २०८२ ८:१३ | Friday, March 6, 2026
10
SHARES
तारजाली र सुरक्षाबीच मतगणना जारी (तस्बिरहरू) प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा मात्र निर्वाचन क्षेत्र भएको रुकुम पूर्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोटस्थित सिस्ने गाउँपालिकाको सभाहलमा मतगणना।

काठमाडौँ- गत भदौ २३-२४ गतेको जेनजी विद्रोहपछि नेपालमा हिजो बिहीबार (फागुन २१ गते) देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ।

यस निर्वाचनमा कुल ६५ राजनीतिक दलले उम्मेदवारी दिएका थिए। अहिले मतगणना प्रक्रिया देशभर जारी छ। प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता कायम गरेको छ।

मतगणनास्थलहरूमा सुरक्षा चुस्त गरिएको छ। केन्द्र वरिपरि तारजाली लगाइएको छ र सुरक्षा कर्मचारी खटिएका छन्। दलका प्रतिनिधिहरू पनि मतगणना प्रक्रिया अनुगमन गर्दै केन्द्रभित्र उपस्थित छन्।

तस्बिरहरू

भक्तपुर क्षेत्र नं.१ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा।
सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा मतगणनाका लागि राखिएका सुर्खेत निर्वाचन क्षेत्र नं २ का मतपेटिका।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा मात्र निर्वाचन क्षेत्र भएको रुकुम पूर्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोटस्थित सिस्ने गाउँपालिकाको सभाहलमा मतगणना।
सर्वदलीय सहमतिपछि प्रतिनिधिसभा सदस्य निर्वाचन कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना।

कास्की २ को मतगणना।
प्रकाशित: २२ फागुन २०८२ ८:१३ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast