विराजभक्त श्रेष्ठ।
काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ पुन: निर्वाचित भएका छन्। श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर निर्वाचित भएका हुन्।
यसअघि २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७, कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, एमालेका राजेश शाक्यले १ हजार ९०९ र राप्रपाका नवीन शाहीले १ हजार ९०९ मत ल्याएका छन्।
प्रकाशित: २२ फागुन २०८२ १७:४८ | Friday, March 6, 2026
प्रतिक्रिया





