उपेन्द्र यादव साढे १७ हजार बढी मतान्तरले पराजित

हिमाल प्रेस २४ फागुन २०८२ ११:१४ | Sunday, March 8, 2026
8
SHARES
उपेन्द्र यादव साढे १७ हजार बढी मतान्तरले पराजित उपेन्द्र यादव

काठमाडौँ- सप्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन्।

उनले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत पाए। नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत पाए।

प्रकाशित: २४ फागुन २०८२ ११:१४ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast