पोखरा- कास्की-२ मा नेकपा एमालेका रश्मि आचार्य निकै पछि परेका छन्। यहाँ एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेको थिएन।
जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तम पौडेलले १० हजार ३७ मत ल्याएका छन्।
एमालेका रश्मिको ३ हजार ६२६ मत छ। उनीहरूबीचको अन्तर ६ हजार ४११ छ। हालसम्म १७ हजार ५४० मतगणना भइसकेको छ। रास्वपाले सुरुवातदेखि नै अग्रता लिएको हो।
यतिमात्र होइन कास्कीमा ३ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निकै फराकिलो अन्तरले अगाडि छन्।
कास्की-१ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेस) र कास्की ३ मा बिनाकुमारी गुरुङले अग्रता कायमै राखेका हुन्।
प्रकाशित: २२ फागुन २०८२ १४:३१ | Friday, March 6, 2026
प्रतिक्रिया





