काठमाडौँ- सामाजिक सञ्जालमा अहिले अभिनेता विपीन कार्कीको चरित्र चर्चित बनिरहेको छ। उनले शनिबार फेसबुकमा एक तस्बिर सार्वजनिक गरे। तस्बिरमा मैलो सर्ट, च्यातिएकाे पाइन्ट र माेजा लगाएका उनी हात बाँधेर उभिएका छन्। झट्ट हेर्दा उनी सडकमा जीवन बिताउने व्यक्ति जस्तो देखिन्छन्।
उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन।’ विपीनका प्रशंसकहरूले उक्त तस्बिरको तारिफ गरेका छन्। उनलाई धेरैले कमेन्टमार्फत भर्सटायल कलाकारको संज्ञा पनि दिएका छन्।
कतिपयले विपीन कार्कीको नयाँ लुक्समा फिल्म बन्दै गरेको अनुमानसमेत गर्न भ्याएका छन्। तर उक्त फोटो एक म्युजिक भिडियोको रहेको विपीनले बताएका छन्।
‘परित्याग’ बोलको म्युजिक भिडियो गीत ९ महिनाअघि युट्युबमा सार्वजनिक भएको थियो। विपीनले पाेस्ट गरेकाे फाेटाे त्यही भिडियाे छायांकनकाे क्रममा लिइएकाे तस्बिर हाे।
भिडियोमा अभिनेता विपीन सडकमा जीवन बिताउने एक युवककाे भूमिकामा देखिएका छन्। गीतमा पनि सडकमा जीवन बिताउने व्यक्तिहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको छ।
गीतमा सुजन थापा क्षेत्रीकाे स्वर छ। सुजनकै शब्द रहेको गीतमा इस्माइल दासले संगीत भरेका छन्।
यस्तो छ गीत





