रास्वपा अगाडि देखिएपछि कांग्रेस उपसभापतिको यस्तो प्रतिक्रिया

हिमाल प्रेस २२ फागुन २०८२ १०:११ | Friday, March 6, 2026
60
SHARES
रास्वपा अगाडि देखिएपछि कांग्रेस उपसभापतिको यस्तो प्रतिक्रिया

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन्।

बिहीबार सम्पन्र प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहेको छ र गणना भएका ठाउँमध्ये अधिकांशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडि छन्।

यस्तो अवस्थामा उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका हुन्। ‘मतदाताको फैसला स्वीकार्य छ। `बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै`ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत,’ उनले सामाजिक सञ्जाल एक्समा आज लेखेका छन्,‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’

कुन कुन क्षेत्रमा रास्वपाको अग्रता? सूचीसहित

प्रकाशित: २२ फागुन २०८२ १०:११ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast