सुनसरी- हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले सय मत कटाउन सकेनन्। जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए। जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए। चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले सय मत पनि कटाउन नसकेका हुन्।
सुनसरी निर्वाचन क्षेत्र नं १ मा १५ जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन्। सय मत नकटाउनेमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका दिलबहादुर बास्तोलाले ९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बूले ८३, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार लिम्बूले ८३, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले ६३, जनता समाजवादी पार्टी, नेपालका सञ्जय राई ५३, आम जनता पार्टीका रामबहादुर बिष्ट ५२, मङ्गोल नेसनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ ४६, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू २७, मितेरी पार्टी नेपालका रक्षकुमार राईले १७ तथा स्वतन्त्र उम्मेदवारहरूमा देउमान लिम्बू ७४, सुमित राई ६९, जीवनकला राई ३७, शेषप्रसाद रेग्मी १७ र चेतबहादुर राईले १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार ओमकृष्ण उदासले सबैभन्दा कम नौ मत प्राप्त गरे। साथै यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा उज्यालो नेपाल पार्टीका डम्बर लावती ५९०, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू २०२, राष्ट्रिय साझा पार्टी भूपि राई १९१, संयुक्त नागरिक पार्टी नरेश विक १२५ र स्वतन्त्रका सुवास विश्वकर्माले १०७ मत प्राप्त गरेका हुन्।
सुनसरी-२ मा भने ११ जना बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र रोशनी राई दुई, भीमबहादुर दाहाल स्वतन्त्र ६, स्वतन्त्रबाट नवराज पौडेल ४५, नेपाल कम्युनिस्ट पार्टीका अतित नेपाल ३१, आम जनता पार्टी (एकल चुनाव चिह्न) निरञ्जन ठाकुर २८, स्वतन्त्रका देवेन्द्र पौडेल २०, स्वतन्त्रका अन्जनादेवी गुप्ता १८, स्वतन्त्र, राजकुमार खत्री १४, स्वतन्त्र, सत्यनारायण पण्डित १०, स्वतन्त्र, डम्बरबहादुर बराइली ६ र नेपाल मजदुर किसान पार्टी, गीतामैयाँ बजिको १४ मत मत प्राप्त गरेका हुन्।
सुनसरी-३ मा १० जनाले सयभन्दा कम मत प्राप्त गरेका छन् भने ६ जनाले ५०० भन्दा कम प्राप्त गरेका छन्। रामनारायण थारू, जनमत पार्टी ३८९, जागेश्वर यादव, उज्यालो नेपाल पार्टी २८६, किशोरकुमार विश्वास, समावेशी समाजवादी पार्टी नेपाल २२५, बद्रीप्रसाद यादव, जनता समाजवादी पार्टी, नेपाल १७७, आसुतोष ढुंगेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) १४० र प्रमोद पौड्याल, प्रगतिशील लोकतान्त्रिक पार्टी ११९ मत प्राप्त गरे।
सुनसरी-४ मा १८ जनाले सयभन्दा कम मत ल्याएका छन्। तवरेज आलम अन्सारी, आम जनता पार्टी ८७, मनकुमार राई, मङ्गोल नेसनल अर्गनाइजेसन ७४, रमेशकुमार साह, नेपाल जनता पार्टी ६३, अंकित कार्की, स्वतन्त्र ४९, सत्यनारायण लहुटिया, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ३९, तेजनारायण गोइत, स्वतन्त्र ३४, कुन्दन कौसिक, स्वतन्त्र ३३, मो.सदिक मियाँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २९, उपेन्द्रकुमार साह, स्वतन्त्र २५, देवनारायण महतो, स्वतन्त्र १६, शर्मानन्द खतिवडा, स्वतन्त्र १६, महेन्द्र सुनचौरी, स्वतन्त्र १४, जलाल मियाँ, स्वतन्त्र १३, चन्चला न्हिसुतु, नेपाल मजदुर किसान पार्टी १२, पार्वती मुखिया, स्वतन्त्र १२, यमुना केसी, स्वतन्त्र ११, फुलकुमारी खान, स्वतन्त्र चार, बुधेश्वर यादव, स्वतन्त्र चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





