यी हुन् चुनाव जित्ने रास्वपाका उम्मेदवारहरू

हिमाल प्रेस २३ फागुन २०८२ १५:०८ | Saturday, March 7, 2026
20
SHARES
यी हुन् चुनाव जित्ने रास्वपाका उम्मेदवारहरू

काठमाडौँ- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विभिन्न निर्वाचन क्षेत्रबाट विजयी हुने क्रम जारी रहेको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाका दर्जनौँ उम्मेदवारले प्रतिनिधिसभामा जित हासिल गरेका छन्।

चितवन-३ बाट रास्वपाकी उम्मेदवार सोविता गौतम ५९ हजार २७७ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। त्यस्तै रूपन्देही-३ मा डा.लेखजंग थापा ५८ हजार ८१४ मतसहित विजयी भए भने नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरे।

रूपन्देही-२ मा सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी हुँदा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत पाए। मोरङ-६ मा रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा.शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे।

चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। काभ्रे-२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी हुँदा कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत पाए।

धनुषा-३ मा मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गरे। दाङ-२ मा विपिनकुमार आचार्य ४३ हजार ५५७ मतसहित विजयी हुँदा एमालेका शंकर पोखरेलले १५ हजार २८२ मत पाए।

भक्तपुर-२ मा राजीव खत्री ४२ हजार ३३४ मतसहित विजयी भएका छन् भने एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरे। बारा-४ मा रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी हुँदा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत पाए।

मोरङ-४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भए भने कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे। बारा-३ मा अरबिन्द साह ४० हजार ६९७ मतसहित विजयी हुँदा कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत पाए।

कास्की-१ मा खड्कराज पौडेल ३९ हजार ८८३ मतसहित विजयी भएका छन् भने कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे। तनहुँ-१ मा स्वर्णिम वाग्ले ३८ हजार ४० मतसहित विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाए।

कास्की-३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएकी छन् भने कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरे। काठमाडौँ-१० मा प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए भने कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत पाए।

काठमाडौँ-९ मा डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भएका छन्। कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरिन्। अर्घाखाँची-१ मा हरिप्रसाद भुसाल ३५ हजार २३ मतसहित विजयी हुँदा एमालेका पीताम्बर भुसालले २२ हजार ६४९ मत पाए।

महोत्तरी-१ मा प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन्। नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे। काठमाडौँ-२ मा सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी हुँदा कांग्रेसका कवीर शर्माले ८ हजार ८७७ मत पाए।

यसैगरी भक्तपुर-१ मा रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भए भने नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे। बाँके-१ मा सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित विजयी हुँदा कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाए।

नुवाकोट-२ मा अच्युतम लामिछाने ३२ हजार ५४ मतसहित विजयी भए भने कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरे। कास्की-२ मा उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुँदा कांग्रेसका माधवप्रसाद बास्तोलाले ७ हजार ४९३ मत पाए।

पर्सा-२ मा सुशीलकुमार कानु ३० हजार ७४० मतसहित विजयी भएका छन् भने कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८९० मत पाए। काठमाडौँ-५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गरे।

यसैगरी काठमाडौँ-४ मा पुकार बम २९ हजार १४२ मतसहित विजयी भएका छन् भने कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत पाए।

मतगणना जारी रहँदा अन्य क्षेत्रको अन्तिम परिणाम आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: २३ फागुन २०८२ १५:०८ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast