समानुपातिकतर्फ यस्तो छ दलहरूको नतिजा

हिमाल प्रेस २३ फागुन २०८२ १७:११ | Saturday, March 7, 2026
30
SHARES
समानुपातिकतर्फ यस्तो छ दलहरूको नतिजा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणतिर पुगेका बेला समानुपातिकतर्फ पनि मतगणना जारी छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ परिणाम सार्वजनिक भइसकेका स्थानमा समानुपातिकतर्फको मतगणना गरिरहेको जनाएको छ।

शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे तीन लाख मतगणना गरिसकेको छ। आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।

सुरुवाती गणनामा करिब ६० प्रतिशत हाराहारी मत हिस्सा पाएको रास्वपाको मत अनुपात अहिले केही घटेर करिब ५४ प्रतिशतमा झरेको आयोगको तथ्यांकले देखाएको छ।

नेपाली कांग्रेसले कुल सदर मतको करिब १६ प्रतिशत मत पाएको छ भने नेकपा एमालेले करिब १३ प्रतिशत मत प्राप्त गरेको छ।

एमालेपछि नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत हिस्सा करिब ५-५ प्रतिशत हाराहारी रहेको छ।

श्रम संस्कृति पार्टीले २ प्रतिशतभन्दा केही बढी मत पाएको छ भने अन्य साना दलहरूको एकमुष्ट मत हिस्सा करिब ५ प्रतिशतजति रहेको देखिएको छ।

हालसम्मको मत अनुपातलाई आधार मान्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपाबाहेक अन्य दलहरूले समानुपातिकतर्फको थ्रेसहोल्ड पार गर्न सकेका छैनन्।

निर्वाचन आयोगका अनुसार यसपटक देशभर करिब एक करोड १० लाख मत खसेको अनुमान गरिएको छ। तीमध्ये हालसम्म साढे तीन लाख मत मात्र गणना भएको विवरण आयोगले सार्वजनिक गरेको छ।

प्रकाशित: २३ फागुन २०८२ १७:११ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast