काठमाडौँ- नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पदावधि आज सकिँदैछ। डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्रको कार्यकाल सकिन लागेको हो। उनीहरू दुवै जना २०७७ फागुन २५ गते नियुक्त भएका थिए।
राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ। कार्यकाल सकिएका दुवैजनालाई आज औपचारिक कार्यक्रम गरी बिदा गरिँदैछ। राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्त हुनका लागि कार्यकारी निर्देशक पदमा कार्यरत हुनुपर्ने प्रावधान छ। यस आधारमा अहिले कार्यरत १८ जना कार्यकारी निर्देशक सम्भावित प्रत्यासीका रूपमा हेरिएका छन्।
दुवै पद रिक्त हुन लागेसँगै नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने चासो छ। तर नयाँ नियुक्तिको कुनै प्रकृया सुरु भएको छैन।
प्रकाशित: २५ फागुन २०८२ ८:५० | Monday, March 9, 2026
प्रतिक्रिया





