चर्चामा फिल्म ‘राम नाम सत्य’ मा समावेश गीत ‘धागोले बाटेको’

हिमाल प्रेस २८ फागुन २०८२ ११:३४ | Thursday, March 12, 2026
14
SHARES
चर्चामा फिल्म ‘राम नाम सत्य’ मा समावेश गीत ‘धागोले बाटेको’

काठमाडौँ- फिल्म ‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ बोलको गीत चर्चित बनेको छ। सामाजिक सञ्जाल टिकटक प्रयाेगकर्ताले गीतलाई निकै रुचाइएका छन्।

फागुन १० मा सार्वजनिक भएको गीतले युट्युबमा मात्र २८ लाख ४३ हजार भन्दा बढी भ्युज बटुलिसकेको छ। एक लाखजतिले टिकटक पनि बनाइसकेको टिमले जनाएको छ।

गीत बाबुल गिरी र रचना रिमालले गाएका छन्। डाक्टर डीआर उपाध्यायको शब्द रहेको गीत बाबुल गिरीले नै संगीत भरेका हुन्। रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको रोमान्टिक अभिनय छ।

गीतले दर्शकको मन जितेपछि फिल्मका निर्देशक माइकल चन्द आफू उत्साहित रहेको बताउँछन्। ‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए।’ उनले भने, ‘तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं। आज दर्शकको मुखमा गीत झुन्डिएको छ। लाखौं टिकटक बनेका छन्। यसले, हामीलाई उत्साहित बनाएको छ।’

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्।

फिल्म आगामी चैत २७ देखि प्रदर्शन हुनेछ। निर्देशक चन्दकै कथा र पटकथा रहेको फिल्म एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा आधारित छ। फिल्म मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक, सियोन श्रेष्ठको कोरियोग्राफीमा बनेको छ।

विराज र सुपुष्पासहित फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापालगायत कलाकारले अभिनय  गरेका छन्।

प्रकाशित: २८ फागुन २०८२ ११:३४ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast