बुटवल, २० फागुनः
मतदान केन्द्र तयार गर्दै निर्वाचन प्रहरी र निर्वाचनमा खटिएका कर्मचारी
भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुटवल उपमहानगरपालिका वडा नं ११ देवनागरीमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा मतदान केन्द्र तयार गर्नुहुँदै निर्वाचन प्रहरी र निर्वाचनमा खटिएका कर्मचारी । तस्बिरः सुमित्रा चापागाईं/रासस
काठमाडौँ- दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए।
मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। मतदान केन्द्रमा एक जेष्ठ नागरिकले मत हाल्ने प्रक्रिया बुझाउँदा प्रतिनिधिहरूले कर्मचारीलाई हातपात गरेपछि विवाद भएको हो। सोही विवाद साम्य बनाउन प्रहरीले हवाई फायर समेत गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार अहिले सोही स्थानको स्थिति सामान्य बन्दै गएको छ।
उनका अनुसार विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो। उनका अनुसार मतदान फेरि सुरु भइसकेको छ। ‘





